PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डाउन भएको झन्डै ६ घण्टापछि चल्न थाल्यो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप



डाउन भएको झन्डै ६ घण्टापछि चल्न थाल्यो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप
फोटो : cyclonetimes.com

सोमबार साँझ डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्स्एप चल्न थालेको छ। झन्डै ६ घण्टा यी सोसल साइट्सको सेवा अवरुद्ध भएको थियो।

मेसेज नजाने, एप नखुल्नेजस्ता समस्या देखिन थालेपछि प्रयोगकर्ताहरुले रिपोर्ट गरेका थिए। त्यसपछि ट्वीटरमार्फत फेसबुकले आफ्नो सेवा बन्द भएको र खुलाउन संघर्षरत रहेको जनाएका थिए। आफ्नो सेवा बन्द भएकोमा फेसबुकले क्षमासमेत मागेको छ।

केही बेरअघि फेसबुकका सिइओ मार्क जुकरबर्गले अब सबै सेवाहरु चल्न थालेको जानकारी दिएका छन्। जुकरबर्गले पनि सेवा अवरोध भएकोमा क्षमा मागेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell