PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिएपछि पूर्वसांसद मञ्चले भन्यो : छानबिन गर्न शक्तिशाली आयोग गठन होस्



मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिएपछि पूर्वसांसद मञ्चले भन्यो : छानबिन गर्न शक्तिशाली आयोग गठन होस्
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नाम जोडेको खबर बारे छानबिन गर्न पूर्वसांसद मञ्च नेपालले माग गरेको छ। उक्त विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न मञ्चले माग गरेको हो।

मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्तिपृथकीकरणको मर्म नै समाप्त हुने अवाञ्छित गतिविधिका समाचार प्रकाशन भएकोमा सत्यतथ्य छानबिन हुनका लागि स्वतन्त्र नागरिकको एक शक्तिशाली छानबिन आयोग तत्काल गठन गर्न संसद्ले पहल गर्नुपर्दछ भन्ने यस मञ्चको धारणा रहेको छ।'

भागबण्डामा संवैधानिक नियुक्ति हुनु संसदीय शासन पद्धतिको मर्यादाविपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख छ।

प्रधानन्यायधीश जबराले भने मन्त्रिपरिषदमा भाग खोजेको खबर गलत भएको बताइसकेका छन्। सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गर्दै केही मिडियाले मिथ्यापूर्ण र भ्रामक समाचार सम्प्रेषण गरी अदालतप्रतिको जनआस्था एवम् नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसाय राखेको भन्दै स्पष्टीकरण दिइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell