PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ बन्यो ‘बेस्ट हरर फिचर फिल्म’



अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ बन्यो ‘बेस्ट हरर फिचर फिल्म’

काठमाडौं : नेपाली हरर फिल्म ‘कठपुतली’ हरर विधातर्फ उत्कृष्ट फिल्म बनेको छ। अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा यस फिल्मले ‘बेस्ट हरर फिल्म फिचर’ अवार्ड पाउन सफल भएको हो।

फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो। फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’का साथै ‘इन्डी पिक्स अवार्ड’ समेत जितेको छ। फेस्टिभल सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको थियो।

हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ। यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटीटी प्लेटफर्मले रिलिजको लागि अफर गर्नु हो। उक्त फेस्टिभलमा जम्मा चार वटा फिल्महरुले यो अवार्ड जितेका छन्।

भिमसेन लामाको निर्देशन रहेको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।

‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाले बताए। उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन्।

फिल्मले दुई वटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगर निकै खुसी छन्। फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारी गरेको निर्माता मगरले सुनाए। अवस्था सामान्य बन्दै गएकाले आगामी पुस/माघसम्म फिल्मलाई रिलिज गरिनेछ।

यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell