PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लागुऔषध ओसारपसार गरेको अभियोगमा ५ जना बाराबाट पक्राउ



लागुऔषध ओसारपसार गरेको अभियोगमा ५ जना बाराबाट पक्राउ

वीरगंज : बारा प्रहरीले गाँजा तथा खैरो हेरोइनलगायतका लागुऔषध ओसारपसार गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका-७ का २९ वर्षीय लोकबहादुर रानामगर, सोही वडाका ३१ वर्षीय रबी तामाङ, वडा नम्बर ६ का ३४ वर्षीय दिनेश थापा र मेघनाथ तिमिल्सिना रहेका छन्।

त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्डिल्वाका ईसराइल मियाँ अन्सारी पनि पक्राउ परेका छन्। अन्सारी ११ किलो गाँजासहित पक्राउ परेका हुन् भने निजगढका चार जना खैरो होरोइन तथा अन्य लागुऔषध ओसारपसार मुद्दामामा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राका अनुसार प्रहरी टोलीले सुराकीको आधारमा अन्सारीको घरबाट ११ किलो लागुऔषध गाँजा खाटमुनिको बाल्टिनमा कालो झोलामा लुकाइ राखेको अवस्थामा बरामद गरेको थियो। निजगढका राना मगरको घरबाट १ ग्राम २० मिलिग्राम खैरो हेराइनसहित २८/२८ पिस डाइजोपाम, नुर्फिन र फेनारगन बरामद भएको थियो।

अन्सारीको घरमा गएराति पौने ११ बजे छापा हानिएको थियो भने निजगढका रानामगरको घरमा हिजो साँझ ६ बजे छापा हानिएको बारा प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell