PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रसिकको बालकथा संग्रह गुलेली सार्वजनिक



रसिकको बालकथा संग्रह गुलेली सार्वजनिक

काठमाडौं : साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ। शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो। कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ। सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन्। 

पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ। बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ।

कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने लेआउट प्रवेश सिन्धुलियको रहेको छ। कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन्। रसिकका यसअघि  हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२), काफिया (गजल सङ्ग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६), पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७) र बेलबहादुरसँग बिहे (बाल चित्रकथा –२०७७) प्रकाशित छन् । रसिकका करिव १ दर्जन गीत गजल समेत रेकर्ड भइ बजारमा आइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell