PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रामायणका 'रावण' त्रिवेदीको निधन



रामायणका 'रावण' त्रिवेदीको निधन

रामायणमा रावणको भूमिकामा देखिने भारतीय कलाकार अरविंद त्रिवेदीको निधन भएको छ। भारतको पूर्व सांसदसमेत रहेका उनको ८३ वर्षको उमेरमा गएराति निधन भएको हो।

त्रिवेदीका भतिज कौस्तुभ त्रिवेदीले मृत्युबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। दुई दिन अघि देखि उनको स्वास्थ्यमा गडबडी भएको बताइएको छ।

मध्ययप्रदेशको उज्जैन शहमा जन्मेका उनले गुजराती रंगमञ्चबाट आफ्नो करिअर शुरुवात गरेका थिए। रामायणबाट भने उनी घरघर पुगेका थिए। त्रिवेदीले लगभग ३०० भन्दा बढी हिन्दी तथा गुजराती फिल्ममा अभिनय गरिसकेका छन्। त्रिवेदी १९९१ मा भारतीय जनता पार्टीका तर्फबाट सांसद्मासमेत निर्वाचित बनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell