PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसले तोड्यो आफ्नो वचन, पार्टीको बैठक बस्यो बालुवाटारमा



कांग्रेसले तोड्यो आफ्नो वचन, पार्टीको बैठक बस्यो बालुवाटारमा
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बसेको हो।

कांग्रेसले यसअघि बालुवाटारमा पार्टीको बैठक नबस्ने भनेर प्रतिबद्धता जनाएको थियो। तर, आज सो प्रतिबद्धतालाई तोड्दै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बसेको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरु रहेको पार्टी स्रोतले बताएको छ।

बालुवाटारमा जुट्नुअघि पौडेल पक्षको बैठक दिउँसो २ बजे बोहोराटारमा बसेको थियो। सिटौला पक्षको बैठक दिउँसो १ बजे जमलमा बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell