PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भाडा समायोजनको माग गर्दै वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवसायीको धर्ना



भाडा समायोजनको माग गर्दै वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवसायीको धर्ना

हेटौँडा : यातायात व्यवसायीहरुले वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा धर्ना दिएका छन्। भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ वाग्मती प्रदेशको राजधानी हेटौँडामा धर्नामा बसेको हो।

वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल धर्नामा बसेको हो। महासंघका वरिष्ठ उपाध्यक्ष हेमन्त शेरचनको नेतृत्वमा व्यवसायीहरु हेटौँडा-१ चौकीटोलस्थित वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा धर्नामा बसेका हुन्।

वैज्ञानिक भाडादर समायोजन तथा यातायातका समग्र समस्या समाधान गर्न माग गर्दै बस, मिनी बस, ट्रक, ट्रिपर, हल्का मालवाहक, जिप, माइक्रोलगायत ठूला तथा साना यातायात व्यवसायीहरुले विरोध जनाएका हुन्।

सरकारले गत तीन महिना अघि नै २८ प्रतिशत भाडा बृद्धि गरेको थियो। तर, संघीय सरकारको निर्णय प्रदेश सरकारले लागू नगरेको कारण धर्ना बस्नु परेको पुरानो नारायणी यातायात कम्पनी प्रालीका प्रबन्ध सञ्चालक सरोज खनालले बताए।

गत २०७१ सालदेखि कुनै पनि वैज्ञानिक भाडादर लागू नभएको खनालको भनाइ छ। तेलको मुल्य बढे पनि भाडा समायोजनमा भने सरकारले चासो नदेखाएको उनको आरोप छ।

तीन महिनादेखि काठमाडौंको चक्रपथ घेराउ गर्ने, कालोपट्टी बाँधेर हिड्ने तथा विभिन्न विरोधका कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गर्दा पनि आफूहरुका मागलाई बेवास्था गरेको खनालले बताए। खनालले सरकारले आफूहरुको माग संबोधन नगरे भोलिदेखि नै आफ्ना सवारी बन्द गरेर राख्ने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell