PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्व मन्त्री घिमिरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित



पूर्व मन्त्री घिमिरे कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्षमण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस रामेछापको खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका घिमिरेले ४३० मतमात्र प्राप्त गरेपछि उनी पराजित भएका हुन्।

खुल्लातर्फ आठ जना निर्वाचित भए। अर्जुन केसीले ७६०, भरत चौलागाईंले ७३१, रामचन्द्र खड्काले ६८८, ध्रुबहरि ढुंगेलले ६५२ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

त्यसैगरी, रत्नबहादुर कार्कीले ६२२, युवराज भट्टराईले ५९९, आङटावा शेर्पाले ५३४, वीरबहादुर तामाङले ५३२, रत्नहरि ढुंगेलले ५२८ र झपडराज भण्डारीले ५२१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका उनी २०५३ सालमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव थिए। कांग्रेस संसदीय दलका मुख्य सचेतकसमेत बनेका उनी यसपटकको आन्तरिक निर्वाचनमा भने पराजित बनेका हुन्।

अरु को को बने महाधिवेशन प्रतिनिधि?

खुल्ला महिला :

१. विनिता खड्का ६८०
२. गंगा अधिकारी ५५३
३. उषा कार्की ५४०
४. एन्जिला न्यौपाने ५०६

खस आर्य पुरुष :

१. महेश कुमार कार्की ६६२
३. केशव चालिसे ५६७

खस आर्य महिला :

१. मिनाकुमारी कार्की ६२३

जनजाति महिला :

१. कुमारी हायु  ५९५
२. रामकुमारी डाँगी ५४९ 
३. खमला थापामगर ४७८

जनजाति पुरुष :

१. जितेन्द्र मोक्तान ५२३
२. गेल्जे लामा शेर्पा  ५८९
३. नरबहादुर थापा मगर ५४०

दलित :

१. बलबहादुर परियार ६६०

अल्पसंख्यक :

१. शुक्र माझी  ६२३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell