PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ



बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्।

बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री दिन नसक्ने बताएपछि पौडेल, कोइराला र सिंह बैठकबाट हिँडेको बताइएको छ।

बैठकमा रौतहट र सर्लाही बरहथवाको क्रियाशील विवादमा पौडेल र सिंहको देउवासँग चर्कोचर्की भएको थियो। यी दुवै ठाँउमा कार्यकर्ता अनसनमा छन्। विवाद सकेर अनसन टुंगो लगाएर उनीहरुलाई दशैं मान्न दिनुपर्ने पौडेल र सिंहले बताएका थिए। उनीहरुले चिसो भुँईमा बसेर बिरामी परे भन्दा देउवाले अस्पताल लैजान भनेका थिए।

तर, पौडेल, सिंह र कोइरालाले तत्काल प्रतिवाद गर्दै सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो? भन्दै प्रश्न गरे। पौडेलले राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ? भन्दै प्रतिवाद गरेपछि देउवाले मुख्यसचिवलाई कृष्णप्रसाद सिटौला र रमेश लेखकको समितिलाई बोलाएर भोलिसम्म टुंगो लगाउन भनेको रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ।

पौडेलको कोटामा २ जना मन्त्री मात्र परेको छ भने सिटौलाको कोटाबाट एक जना मन्त्री बन्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell