PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रदेश २ का मुख्यमन्त्री राउतले दुई तिहाइ सांसदको समर्थनसहित पाए विश्वासको मत



सुमित मिश्र

प्रदेश २ का मुख्यमन्त्री राउतले दुई तिहाइ सांसदको समर्थनसहित पाए विश्वासको मत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइ सांसदको समर्थनसहित विश्वासको मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधवार विश्वासको मत मागेका थिए।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ भने विपक्षमा २३ मत परेको छ। यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुई तिहाइ हो।

राउतलाई जसपा र सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का सांसदहरुले विश्वासको मत दिएका छन्।

प्रदेशसभामा कुल १०४ जना सदस्य रहेकोमा १०० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए भने ३ जना अनुपस्थित रहेका थिए। एकीकृत समाजवादीका मन्जु यादव, दिल्ली उप्रेती र लोसपाका डा डिम्पल झा अनुपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell