काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको छ। क्रियाशील सदस्यता विवाद समाधानको मागसहित सानेपामा अनशनरत रौतहट र सर्लाहीका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको हो।
उनीहरु विगत केही समयदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा थिए। अनशनमा बसेकाहरुले सभापति शेरबहादुर देउवाको निर्देशनमा आफूहरुलाई हटाएको आरोप लगाएका छन्।
सर्लाही कांग्रेसका पूर्व सभापति लक्ष्मण रायले प्रहरीले अस्पताल लैजाने भन्दै अनशन बसेकाहरुलाई उठाएको बताए।