PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अपहरण गरी २० हजार डलर फिरौती रकम माग्ने दुई पाकिस्तानी नागरिक प्रहरीको नियन्त्रणमा



अपहरण गरी २० हजार डलर फिरौती रकम माग्ने दुई पाकिस्तानी नागरिक प्रहरीको नियन्त्रणमा

काठमाडौं : अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकहरुलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मंगलवार दुई पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिएको हो।

पाकिस्तानी नागरिक ताज रजवाज र जेसम मोहम्मदलाई मंगलवार पक्राउ गरिएको परिसरका एसपी प्रज्वल महर्जनले बताए। उनीहरुले पाकिस्तानी नागरिक फैजाम अहमदलाई पाकिस्तानबाट क्यानडा लैजाने भन्दै बोलाएर बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले बन्धक बनाएर २० हजार डलर मागेको खुलेको छ। क्यानडा जान नेपाल आएका फैजामलाई उनीहरुले विमानस्थलबाट ललितपुरस्थित सिभिल होम्समा लगेका थिए। त्यहाँबाट उनीहरुले फैजामलाई पाकिस्तानमा रहेका परिवारलाई फोन गर्न लगाएर पैसा मागेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell