PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने



मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी असोज २४ गते दिउँसो ३ बजेका लागि ९ औँ अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।

एमालेमा रहेका ५६ सांसदमध्ये १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। बहुमत प्राप्त संसदीय दल विभाजन भएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव राख्न अधिवेशन बोलाउने निर्णय गरिएको हो।

असोज २५ गतेभित्रै मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने तयारी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell