PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु



पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु
फोटो : twitter.com/occupiedbypak

पाकिस्तानको दक्षिणी शहरमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको हरनेई इलाकामा बिहान ३ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएपछि घरहरु भत्किएको बताइएको छ।

मृत्यु हुनेमा एक महिला र ६ बालबालिका रहेको बताइएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य शुरु भएको बलुचिस्तान प्रान्तका गृहमन्त्री जिय लङगोभलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell