PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

मागेजति मन्त्रालय नपाएपछि सत्तारुढ गठबन्धनसँग माधव नेपाल असन्तुष्ट



मागेजति मन्त्रालय नपाएपछि सत्तारुढ गठबन्धनसँग माधव नेपाल असन्तुष्ट

काठमाडौं : मन्त्रालय भागबण्डाका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। सत्ता गठबन्धनका नेताहरुले नेपाली कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादी र  जनता समाजवादी पार्टी (जसपा)लाई ४/४ मन्त्रालय भाग लगाएका थिए। गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य, महिला, सञ्चार र युवा मन्त्रालय कांग्रेसको भागमा परेको छ भने माओवादी केन्द्रको भागमा अर्थ, उर्जा, शिक्षा, भूमि, उद्योग र आपूर्ति मन्त्रालय छन्। एकीकृत समाजवादीले पर्यटन, कानुन, श्रम र सहकारी मन्त्रालय पाउँदा जसपको भागमा भौतिक, कृषि, वन र संघीय मन्त्रालय छन्।

आफ्नो भागमा थोरै मन्त्रालय परेको भन्दै एकीकृत समावादीका अध्यक्ष नेपालले असन्तुष्टि जनाएको उनी निकट एक नेताले बताए। 'हामीलाई ४ मन्त्रालय दिइएको छ। यसमा खास चित्त बुझेको छैन। त्यसैले को मन्त्री हुने? कहिले सपथ हुने भन्नेबारेमा अहिले नै केही निर्णय भएको छैन,' नेपाल निकट नेताले भने। मागेजति मन्त्रालय नपाएपछि तत्काल सरकारमा जाने कि नजाने भन्नेबारेमा नेपालको पार्टीमा अन्यौल देखिएको छ। गठबन्धनले मन्त्रालयको भागबण्डा मिलाउन नसक्दा देउवा सरकारको महत्वपूर्ण मन्त्रालयमा झण्डै तीन महिनादेखि मन्त्रिविहीन छ।

नेकपा एकीकृत समाजवादीले आफूलाई दिएको मन्त्रालयका बारेमा समेत गठबन्धनमा असन्तुष्टि जनाएको छ। अरु पार्टीलाई महत्वपूर्ण मन्त्रालयहरु दिइएको भए पनि समाजवादीलाई कम महत्वका मन्त्रालय दिएकोमा नेपाल रुष्ट बनेका हुन्। संसद जोगाउन आफ्नो पार्टीले खेलेको भूमिकालाई मुल्याङकन गरेर मन्त्रालय बाँडफाड हुनुपर्ने नेकपा एकीकृत समाजावीले बताउँदै आएको थियो। 'अहिले हामीलाई दिएका मन्त्रालयका बारेमा त्यति सन्तुष्ट छैन। यसबारेमा गठबन्धनमा फेरि छलफल हुन्छ र त्यसमा मिलाएर जाने भन्ने हुन्छ होला,' स्रोतले भन्यो। नेकपा समाजवादीका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए।

माओवादी केन्द्रले बुधवारै मन्त्रीहरु छानेको भए पनि नेपालले असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद बिस्तारमा अझै समय लाग्ने भएको छ। माओवादी केन्द्रको स्थायी कमिटीको बुधवारको बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको थियो। तर, एकीकृत समाजवादीले पार्टीबाट हुने मन्त्रीबारे अन्तिम निर्णय गरिसकेको छैन। कसलाई  कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारेमा भने माओवादीले निर्णय गरेको छैन। हाल सरकारमा रहेका जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell