PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ५७ हजारले लगाए खोप



पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ५७ हजारले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर र एन्टिजेन गरी कूल १० हजार ६७२ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ८ जनाको संक्रमणकै कारण ज्यान गएको छ। यससहित संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ७३ हजार १ सय ४० पुगेको मन्त्रालयको अपडेटमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ८ लाख ९३ हजार ७२ जना संक्रमित पहिचान भइसकेका छन्। नेपालमा संक्रमणबाट मृत्यु हुनेको दर १.४ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ५७ हजार १ सय ५८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले पनि १५ हजार ९ सय ४२ सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell