PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म ‘डाँडाको वर पीपल’को  ‘तिमी साथमा हुँदा’ बोलको गीत सार्वजनिक



फिल्म ‘डाँडाको वर पीपल’को  ‘तिमी साथमा हुँदा’ बोलको गीत सार्वजनिक

काठमाडौं : निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पीपल’को  ‘तिमी साथमा हुँदा’ बोलको गीत सार्वजनिक भएको छ।

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ। यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ।

गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय छ।

फिल्म असोज २६ गते फुलपातीमा देशैभरका फिल्म हलमा रिलिज हुनेछ। ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुने छ।

बुढासुब्बा डिजिटलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी छ भने फिल्मको कथा रामकाजी घिमिरेको लेखेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell