PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

१२ हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : पौडेल अघिअघि, देउवा पछिपछि



१२ हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : पौडेल अघिअघि, देउवा पछिपछि

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १२ हिमाली जिल्लाको अधिवेशनबाट जिल्ला सभापति चयन भएका छन्। जसमध्ये ७ जिल्लाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ।

संखुवासभाका कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। यसैगरी मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा र रुकुम पूर्वमा केशरमान रोका निर्वाचित भएका छन्।

यता गोरखामा नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन्। उनी महामन्त्रीका उम्मेद्वार गगन थापा निकट हुन्। गगन थापा पछिल्लोपटक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग नजिकिएकाले न्यौपानैलाई पौडेल पक्षकै मानिएको छ। यसैगरी बाजुरामा रामसिंह रावल निर्वाचित भएका छन्। उनी पौडेल पक्षका हुन्। 

१२ जिल्लाको अधिवेशन सकिँदा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट जिल्ला सभापतिमा ४ जनाले मात्र जितेका छन्। देउवा पक्षबाट ताप्लेजुङ सभापतिमा गजेन्द्र तुम्याहाङ, हुम्लामा मोहन बहादुर शाही, मनाङमा शंकर गुरुङ र मुगुमा ऐनबहादुर शाही विजयी भएका छन्।

हुम्ला अधिवेशनमा देउवा पक्षले एकलौटी गरेको भन्दै पौडेल पक्षले रामबहादुर भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको छ। रामेछापबाट सभापतिमा निर्वाचित पूर्णबहादुर तामाङ ‘कान्छाराम’ देउवा निकट भनिए पनि उनी उपसभापति एवं सभापतिका दाबेदार विमलेन्द्र निधि निकट हुन्। 

देउवा पक्ष
ताप्लेजुङ - गजेन्द्र तुम्याहाङ
हुम्ला - मोहनबहादुर शाही
मनाङ - शंकर गुरुङ
मुगु - ऐनबहादुर शाही

पौडेल पक्ष
संखुवासभा - दीपक खड्का
मुस्ताङ - रोमी गौचन थकाली
कालीकोट - अम्मबहादुर शाही
दोलखा - बर्मा लामा
रुकुम पूर्व - केशरमान रोका
बाजुरा - रामसिंह रावल

निधि पक्ष
रामेछाप - पूर्णबहादुर तामाङ ‘कान्छाराम’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell