PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मेलम्ची पुगेर शशांकले गरे कांग्रेस सभापतिमा उठ्ने घोषणा



मेलम्ची पुगेर शशांकले गरे कांग्रेस सभापतिमा उठ्ने घोषणा

मेलम्ची : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन्। कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफू केन्द्रिय सभापतिमा लड्ने बताएका हुन्।

कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी गरे। साथै कोइरालाले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न आफूले पहल गर्ने बताए।

उनले मेलम्चीमा गएको बाढीपहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन पनि कुरा दबाव दिने वचन दिए।

यता जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भैसक्यो बाकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने बताए। सभापति लामाले केन्द्रीय सदस्य मोहन बस्नेतलाई लक्षित गर्दै समायोजनको निर्देशिकलाई पूर्वमन्त्रीले लत्याएको र समायोजनमा समस्या आएको बस्नेतकै कारण लफडा आएको तर्क गरे।

लामाले राहत बाँड्ने नाममा बस्नेतले गाली गर्दै हिँडेको आरोपसमेत लगाए। 'विशेष प्याकेज राहत दिन होइन हामीलाई गाली गर्न रहेछ,' लामाले भने, 'संगठन बनाउनेलाई गाली गर्दै हिड्ने आफु चाही केही नगर्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell