PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपसिनेले ल्यायो नेपालमा संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवा



नेपसिनेले ल्यायो नेपालमा संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवा

काठमाडौं : नेपसिने कम्पनीले संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको सुरुवात गरेको छ। अन्तर्राष्ट्रियस्तरमा नेपाली गीतसंगीत तथा चलचित्रको प्रबर्द्धन र बजार व्यवस्थापन गर्दै आएको नेपसिनेले नेपालमै पहिलो पटक यो सेवा शुरु गरेको हो।

सेवाको थालनीसँगै अब यो कम्पनीले नेपाली गीतसंगीतमा रहेको अधिकार धनीको प्रतिलिपि अधिकार व्यवस्थापन गर्नेछ र त्यस्ता अधिकारको सार्वजनिक वा व्यावसायिक प्रयोग गर्न कानुनी अनुमति प्रदान गर्नेछ।

नेपाली गीत संगीतको सार्वजनिक वा व्यावसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेपसिनेका संस्थापक एवं कार्यकारी प्रमुख रायन रेजले बताए।

नेपसिनेले एक कार्यक्रमका बीच विभिन्न विधाका १५० भन्दा बढी स्रष्टालाई सम्मान गरेको छ। साथै, विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको उनीहरुको रोयल्टी समेत वितरण गरेको छ।

रोयल्टी प्राप्त गर्ने स्रष्टाहरुमा रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत घोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज धौराली, डीपी खनाल रहेका छन। त्यस्तै, रामचन्द्र काफ्ले, कमल खत्री, किरण भुजेल, कृष्ण काफ्ले, लोकराज अधिकारी लगायतलाई रोयल्टी प्रदान गरिएको थियो।

नेपसिनेले सम्पूर्ण संगीत निर्माता, गीतकार, संगीतकारहरुलाई नेपसिनेसँग जोडिएर यो सुविधा लिन अनुरोध समेत गरेको छ। साथै अबको दुई वर्षभित्र नेपसिनेले आफ्ना सम्पूर्ण सदस्यहरुलाई पूर्ण मेडिकल सेवा प्रदान गर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell