PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई नोबेल शान्ति पुरस्कार



पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई नोबेल शान्ति पुरस्कार
Photo: REUTERS/GETTY

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार जितेका छन्। फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्ने रेसा र दिमित्रीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो

नोबेल समितिले उनीहरुलाई ‘यस आदर्श (अभिव्यक्ति स्वतन्त्रता)को पक्षमा उभिने सबै पत्रकारहरुको प्रतिनिधि’को संज्ञा दिएको छ। यी दुई सम्पादकहरु बेजोड अनुसन्धानमूलक पत्रकारिताको लागि परिचित छन्। उनीहरुको पत्रकारिताबाट शासकहरु चिढिएका छन् भने दुवैले विभिन्न खतराहरुको सामना पनि गरेका छन्।

रेसा र मुराटोभ ३२ जना उम्मेद्वारहरुमध्येबाट छनौट भएका हुन्।

रेसा ‘र्‍याप्लर’ नामक समाचार साइटकी सह-संस्थापक हुन्। अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरी ‘शक्तिको दुरुपयोग, हिंसा र फिलिपिन्समा बढ्दो अधिनायकवाद’ लाई उजागर गर्ने कार्यको लागि उनको सराहना गरिएको छ।

गत वर्ष उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको थियो। जसलाई फिलिपिन्सको प्रेस स्वतन्त्रताको एक परीक्षणको रूपमा हेरिएको थियो।

स्वतन्त्र पत्रिका ‘नोभाया गजेट’का सह-संस्थापक तथा सम्पादक रहेका मुराटोभले दशकौंदेखि रुसमा बढ्दो चुनौतीपूर्ण अवस्थाका बीच पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरेको नोबेल समितिले बताएको छ।

कमिटी टू प्रोटेक्ट जर्नालिस्टका अनुसार नोभाया गजेटका धेरै पत्रकारहरुको उनीहरुको कामकै कारण हत्या भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell