PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नवनियुक्त सञ्चारमन्त्री कार्कीले भने : मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्छु



नवनियुक्त सञ्चारमन्त्री कार्कीले भने : मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्छु
फोटो : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन्। शुक्रवार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे। नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताए। स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले समाजको अपेक्षा अनुसार आफू अघि बढ्ने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत गरे।

उनले भने, ‘मैले तपाईहरुलाई यति मात्रै भन्न चाहन्छु- समाजले हामीबाट के अपेक्षा गरेको छ, एउटा मन्त्रीबाट के अपेक्षा गरेको छ, सचिवबाट के अपेक्षा गर्छ? त्यो अपेक्षालाई हामीले कर्तव्यबोधका साथ उत्साह र इमान्दारिताका साथ अघि बढन सक्यौँ भनेदेखि हामीले समाजमा परिवर्तनको संकेतहरु दिन सक्छौँ। त्यतातिर हामी सबैले ध्यान केन्द्रित गर्न जरुरी छ। र, मैले राजनीतिक नेतृत्व सम्हाल्दा यहाँहरुलाई विश्वास र भरोसा गरेर नै अगाडि बढ्नेछु। मेरो कार्यकालमा यो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउनका निमित्त मेरो सम्पूर्ण प्रयत्न केन्द्रित रहनेछ।’

मन्त्री कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell