PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९० हजारले लगाए खोप



पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९० हजारले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर र एन्टिजेन गरी कूल १२ हजार ३१ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ११ जनाको संक्रमणकै कारण ज्यान गएको छ। यससहित संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ७५ हजार ७२ पुगेको मन्त्रालयको अपडेटमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ८ लाख ९४ हजार ५९६ जना संक्रमित पहिचान भइसकेका छन्। नेपालमा संक्रमणबाट मृत्यु हुनेको दर १.४ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ९० हजार ९ सय ९३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले पनि १५ हजार ३ सय ४० सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell