PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म ‘सत्यम्’मा मलिका महत अनुबन्धित



फिल्म ‘सत्यम्’मा मलिका महत अनुबन्धित

काठमाडौं : अभिनेत्री तथा मोडल मलिका महत नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। उनी अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’मा अनुबन्धित भएकी हुन्।

फिल्ममा मलिका र पल शाहलाई जोडीको रुपमा देख्न सकिनेछ। मलिका र पलले पहिलो पटक यस फिल्मबाट ठूलो स्क्रिन सेयर गर्न लागेका हुन्। गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि उनीहरूको जोडीलाई दर्शकको मन पराएका थिए।

फिल्म ‘यात्रा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले त्यसपछि फिल्म ‘पानीफोटो’मा काम गरेकी थिइन्। यो फिल्म रिलिज हुन बाँकी नै छ। ‘सत्यम्’को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि राजी भएकी हुन्।

उनी पहिलो पटक फिल्ममा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्न पाउँदा निकै उत्साहित छन्। यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको भनाई छ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्ममा अनुप विक्रम शाही र अभय बराल लगायतको पनि भूमिका रहनेछ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन्। साथै, सापकोटा नै यस फिल्मका निर्माता हुन्।

तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्म इनडोरका महत्वपूर्ण सिनहरुको सुटिङ भने सेटमै खिचिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell