PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री देउवा पोखरा आउँदै



प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन्। गण्डकी प्रदेशलाई साक्षार प्रदेश घोषणा समारोहमा प्रधानमन्त्री आउने भएका हुन्। प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम र प्रधानमन्त्री आउने तयारी सबै पूरा भएको जानकारी दिइसकेको छ।

प्रधानमन्त्री हेलिकोप्टरबाट पोखरा आउने छन्। साढे १० बजे पोखरा आउने समय तय भएको छ। उनको स्वागत स्वरुप का‌ग्रेस कार्यकर्ता विमानस्थल बाहिर जम्मा हुँदैछन्। विमानस्थलदेखि प्रधानमन्त्री सिधै नयाँबजार स्थिति प्रदेश संग्रहालयमा पुगेर साक्षरता स्तम्भ अनावरण गर्नेछन्। कार्यक्रम भने पोखराको सभागृह हलमा हुँदै छ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री भएका देउवा पहिलोपटक राजधानीबाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell