PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सत्तामा अदालत सहभागी हुनु प्रणाली समाप्तितिर जानु हो : कमल थापा, 'संसद विघटन गरी चुनाव गरिहाल्नुपर्छ'



सत्तामा अदालत सहभागी हुनु प्रणाली समाप्तितिर जानु हो : कमल थापा, 'संसद विघटन गरी चुनाव गरिहाल्नुपर्छ'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जति सकिन्छ उति छिटो संसदलाई विघटन गरी नयाँ जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका छन्। आइतवार बिहान ट्वीट्मार्फत थापाले यस्तो बताएका हुन्।

अध्यक्ष थापाले सत्तामा अदालत सहभागी भएको दृश्य हेरेर बस्दा संविधान र प्रणाली समाप्तितिर जानेसमेत बताएका छन्। 'जति सकिन्छ छिटो यो संसद्लाई बिघटन गरेर नयाँ जनादेशका लागि जानु जनताको सार्वभौमसत्ताको रक्षाका लागि एकमात्र विकल्प देखिएको छ,' थापाले भनेका छन्, 'सत्ता गठबन्धनमा अदालत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न हामी जति विवश हुन्छौं, त्यति नै सार्वभौमसत्ता, संविधान र प्रणाली समाप्तिको दिशामा जान्छ।'

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा गजेन्द्र हमाललाई वाणिज्य मन्त्री बनाएपछि यो विषय विवादमा आएको हो। हमाललाई मन्त्री नियुक्तीबारे सर्वत्र विरोध भइरहेको छ। वाणिज्यमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाकको कोटाबाट मन्त्री बनेको आरोप सत्ता गठबन्धनलाई लागेको छ। यद्यपि सत्ता गठबन्धनका नेताहरुले भने यसको बचाउ गर्दै हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै आएका छन्। गैरसांसद हमाल शुक्रवार मन्त्रीमा नियुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell