PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

करिश्मा मानन्धरलाई पिरती लगाउन 'बहिनी मिलाइदेउ' भन्दै चक्र बम



करिश्मा मानन्धरलाई पिरती लगाउन 'बहिनी मिलाइदेउ' भन्दै चक्र बम

काठमाडौं : गायक तथा मोडल चक्र बमको '‌ओ मेरी भाउजु' बोलको गीत सार्वजनिक भएको छ। चक्र बम युट्युब अकाउण्टबाट गीत सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा संगीत चक्र बमको रहेको छ। साथै गीतमा बम र लक्ष्मी आचार्यको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने कृष्ण विकले गरेका हुन्।

यो गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर चक्र बमकी भाउजुको भूमिकामा देखिएकी छिन्। गीतको भिडियोमा चक्र 'ओ मेरी भाउजु बहिनी मिलाइदेउ पिरती लाउँछु' भन्दै करिश्मासँग फिचर्ड भएका छन्। करिश्माले केही दिनअघि सुदूरपश्मिचमेली गायक चक्र बमसँग काम गर्दा खुसी लागेको फेसबुकमा उल्लेख गरेकी थिइन्।

गीतको भिडियोमा करिश्मा मानन्धर, चक्र बमका साथै करिष्मा ढकाल र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ।

मौसम हिमालीले छायाङ्कन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको कोरियोग्राफी र निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell