PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुख्यमन्त्री शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने



मुख्यमन्त्री शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दसैँपछि मात्रै विश्वासको मत लिने भएकी छन्। आइतवार बसेको प्रदेशसभाको ९ औँ अधिवेशनको संसद् बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिए पनि बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो।

अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि)सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो। अल्पमतमा परेको ३० दिनभित्र संसद्मा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकोले आइतवार बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले संविधानको धारा १८८ को उपधारा (२)  बमोजिम विश्वासको मतको प्रस्ताव टेबुल गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell