PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मोतिपुर औद्योगिक क्षेत्रमा झडपका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु : दुई दर्जन मानिस घाइते, अझै अवस्था तनावग्रस्त



मोतिपुर औद्योगिक क्षेत्रमा झडपका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु : दुई दर्जन मानिस घाइते, अझै अवस्था तनावग्रस्त
फोटो : प्रमोद नेपाली/फेसबुक।

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ।

दिउँसो स्थानीय सुकुम्बासी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको हो। तीन जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका डीइजी बसन्त कुमार लामाले जानकारी दिए।

त्यस्तै, ८ जना प्रहरी र १६ जना प्रदर्शनकारी घाइते भएका छन्। बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा आइतवार दिउँसो स्थानीय सुकुम्बासी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउँसो ४ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि बुटवलको पूर्वमा तिनाउ नदी क्षेत्र (बुटवल-१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल-१७), उत्तरमा शिवनगर रानीगंज बस्ती र दक्षिणमा बुटवल-१८ औद्योगिक करिडोरको जमिन क्षेत्रमा कर्फ्यू प्रशासन कार्यालयले लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell