PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गिरिराज बाँस्कोटाको कवितासंग्रह ‘ढुङ्गाको प्रेम’ लोकार्पण



गिरिराज बाँस्कोटाको कवितासंग्रह ‘ढुङ्गाको प्रेम’ लोकार्पण

पाँचथर : ‘ढुङ्गाको प्रेम’ नामक कवितासंग्रहको लोकापर्ण भएको छ। गिरिराज बाँस्कोटाद्वारा लिखित कवितासंग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतवार लोकार्पण गरिएको हो।

शिखा बुक्सले प्रकाशन गरेको कवितासंग्रहको साहित्यकार विमल बैद्यले लोकार्पण गरेका हुन्। विमोचन भएको कृतिमा बाँस्कोटाका २७ वटा कविता छन्।

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे। हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कवितासंग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए।

सो क्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हाँसिले गर्ने अपेक्षा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell