PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी



नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी
Photo: Indian Football/Twitter

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ सकिएको छ। माल्दिभ्समा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन सकेन।

माल्दिभ्समा दुई खेल जितेको नेपाल आज भारतलाई पनि पराजित गर्ने लक्ष्यका साथ मैदानमा छ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

भारत पनि आजको खेल जित्दै प्रतियोगिताको उपाधिमा दाबी पेश गर्ने प्रयासमा रहने भारतीय पक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell