PahiloPost

Jan 7, 2026 | २३ पुष २०८२

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित



साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
Photo: Indian Football/Twitter

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको आज भएको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो।

पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन सकेन।

दोस्रो हाफमा पनि भारतले नेपालमाथि दबाब कायमै राखेको थियो। ५८ औँ मिनेटमा यासिरको क्रसमा मनविर सिंहले हेड गर्दै गोलको राम्रो अवसर बनाए पनि नेपालका गोलकिपर किरण लिम्बुले ब्लक गरिदिए। ८२ औँ मिनेटमा सुनिल छेत्रीको गोलमा भारतले नेपाललाई पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell