PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

डोबाटे विश्वकर्मा गण्डकीको मन्त्री बन्दै



डोबाटे विश्वकर्मा गण्डकीको मन्त्री बन्दै

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन्। उनलाई आज ५ बजे मन्त्रीको रुपमा शपथ दिलाउने तयारी रहेको स्रोतले जनायो।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आएको बेला डोबाटेलाई मन्त्री बनाउने निर्णय भएको हो। देउवा हिजो आइतबार मात्र पोखरा आइपुगेका थिए।

२९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेपछि डोबाटे मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसका विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो।

व्यवस्थाअनुसार कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिन्छ। ६० सदस्यीय प्रदेशसभा अहिले ११ मन्त्री छन्। डोबाटेलाई मन्त्री पद दिने भएपनि उनको मन्त्रालयको टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell