PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गण्डकीमा मन्त्री थपिँदै गर्दा उर्जा मन्त्री हरिशरण असन्तुष्ट : कांग्रेसले बाटो बिराउँदा के हालत हुन्छ?



गण्डकीमा मन्त्री थपिँदै गर्दा उर्जा मन्त्री हरिशरण असन्तुष्ट : कांग्रेसले बाटो बिराउँदा के हालत हुन्छ?

पोखरा : गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा असहमति जनाएका छन्। हाल प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् रहेको छ। आज कांग्रेस सरकारले एक मन्त्री थपेर १२ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबाट सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउँदैछन्। उक्त निर्णयमा मन्त्री आचार्यले अहसमति जनाएका हुन्। उनले आफै मन्त्री भएको सरकारलाई चेतावनी दिँदै बाटो बिराउँदा के हुन्छ स्मरण गर्नुपर्ने बताएका हुन्।

'कांग्रेस एकपछी अर्को बेइमान बन्दै, जसपासंगको सहमति तोड्ने मात्र होइन स्वेच्छाचारी बन्दै गएको उदाहरण आज ५ बजे देखिँद' उनले लेखेका छन्।

आचार्य जनता समाजवादीबाट मन्त्री बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell