PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, मृतक सबैको सनाखत



घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, मृतक सबैको सनाखत

पोखरा : कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको अन्नपूर्ण १०- कलाभीरमा २ सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।

९ जना सवार जिपमा एकजनाको भने उद्धार गरिएको छ। काठमाडौंबाट घान्द्रुक घुम्न आएका ६ पुरुष, १ महिला र अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री मृत्यु  भएको हो।

मृत्यु हुनेमा काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही स्थानकी बर्ष २४ की सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाडौं ३ गोंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell