PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए सपथ



गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

२९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेपछि डोबाटे मन्त्री बन्ने पक्का थियो। मन्त्री बन्ने पक्का भएपछि ८ साउनमा तनहुँबाट मन्त्री पदको सपथ खान हिँडेका उनलाई बीच बाटोबाटै फर्काइएको थियो। अन्तिम समयमा उनको ठाउँमा कांग्रेसका विन्दु कुमार थापालाई मन्त्री बनाइएको थियो।

व्यवस्था अनुसार कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिन्छ। ६० सदस्यीय प्रदेशसभा डोबाटे मन्त्री भएसंगै १२ सदस्यीय मन्त्रीमण्डल भएको छ। डोबाटेले आज बिनाविभागिय मन्त्रीमा सपथ लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell