PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोरङको सिटिजन्स बैंकमा लुटपाट, दुई भारतीय नागरिक र एक नेपाली पक्राउ



मोरङको सिटिजन्स बैंकमा लुटपाट, दुई भारतीय नागरिक र एक नेपाली पक्राउ

काठमाडौं : आज दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाट भएको छ। दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंक लुटेका हुन्।

बैंकका सुरक्षागार्ड सितल कुमारलाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेको प्रहरीले जानकारी दिएको छ।

‘शुरुमा उनीहरुले गार्डलाई नियन्त्रणमा लिने प्रयास गरे। त्यसपछि गोली हानेर बैंकभित्र छिरेर लुटपाट गरेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने।

घाइते गार्डको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

दुई वटा मोटरसाइकलमा ६ जनाको लुटेरा समूह बैंकमा छिरेको देखिएको छ। त्यसपछि बैंकमा ग्राहक र बैंकले राखेरको रकम लुटेको देखिएको छ। तर, कति रकम लुटियो भन्ने खुलेको छैन।

‘ग्राहकले डिपोजिट र बिहान बैंकले ग्राहकलाई दिन राखेको दुवै पैसासँगै भएकाले अहिले ट्रान्जेक्सन हेरिरहेका छौँ,’ एसपी जिसीले भने।

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। जसमा दुई जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन्। उनीहरुको नाम खुलिसकेको छैन। फरक फरक नाम बताएकाले प्रहरीले थप प्रमाणित गर्ने काम गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell