PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’



भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’

काठमाडौं : भारतका गायक मिका सिंहले नेपाली गीत गाएका छन्। उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ।

मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ।

शेखर अस्तित्वले लेखेको गीतमा मिका सिंहको स्वर सुन्न सकिन्छ। साथै गीतमा युग भुषालले संगीत भरेका छन्।

गीतको भिडियोमा आर्यन सिग्देल र पल शाहसँगै दुर्गेश थापा, एलिसा शर्मा, श्रेया संग्रौला, कविता नेपालीको अभिनय देख्न सकिन्छ। भिडियोमा उनीहरुको नृत्यले ध्यान खिच्छ।

विभोर पोखरेल र दिलीप समनको संयुक्त निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ। साथै भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

दिलीप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह-निर्माताको रुपमा छिन्।

भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए। उनी यो गीतको अडियो र भिडियो निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मन पर्नेमा विश्वास छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell