PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

विश्वास गर्नुहुन्छ, तपाईंको ताल्चा ठोकेको घरलाई दसैंमा प्रहरीले 'चेक प्वाइन्ट' बनाइरहेको हुन्छ?



विश्वास गर्नुहुन्छ, तपाईंको ताल्चा ठोकेको घरलाई दसैंमा प्रहरीले 'चेक प्वाइन्ट' बनाइरहेको हुन्छ?
फाइल फोटो

काठमाडौं : दसैं सुरु भइसकेको छ। विभिन्न कारणले काठमाडौं उपत्यकामा बसोबास गरिरहेकाहरु दसैंमा आफ्नो थातथलो फर्किरहेका छन्। औसत २० लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छोड्ने गरेको अघिल्ला दशैंमा प्रहरीले राखेको तथ्याङकले देखाउँछ। त्यसैले काठमाडौं उपत्यका दसैं अवधिमा केही सुनसान हुने गर्छ।

मानिस गाउँ फर्किने गरेकाले घर तथा कोठासमेत खाली हुने गरेका छन्। प्रहरीले प्रत्येक वर्ष दसैं तथा तिहार योजना लागू गरेर यो समयमा विषेश सुरक्षा प्रदान गरेको हुन्छ। चोरी, लुटपाट, सडक दुर्घटना लगायतका घटना बढ्ने हुँदा प्रहरीले विषेश सुरक्षा योजना लागू गरेको हुन्छ।

प्रहरीको प्रत्येक वर्षको सुरक्षा योजनासँगै आम सर्वसाधरणमा जारी गरेको सुचनामा एउटा बुँदा अटाएको हुन्छ। 'तपाई घर खाली छोडर जानुहुदैंछ भने नजिकैको प्रहरीलाई खबर गर्ने होला' यही भनिएको हुन्छ। उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रहरी कार्यालयले यही बुँदा समेटिएको हुन्छ। त्यसो त प्रहरी प्रधान कार्यालयले पनि यसैलाई 'फोकस' गरेको देखिन्छ। आखिर नजिकैको प्रहरीलाई घर खाली गरेर जाँदैछु भन्दा के हुन्छ?  तपाइको घर प्रहरीले नियमित गरेर हेर्दिने गर्छ? वा किन यसो भनिएको हो?

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार त्यसो गर्दा प्रहरीले खाली घरलाई निगरानीमा राख्ने गर्छ।

'नजिकैको प्रहरीलाई जानकारी गर्दा प्रहरीले निगरानी गर्छ, त्यहाँ चेक प्वाइन्ट बनाउँछ। सादा पोशाकमा प्रहरीसमेत परिचालन भएको हुन्छ। उसले पनि कतै न कतैबाट निगरानी गरिरहेको हुन्छ,' एसएसपी अशोक भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell