PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर शोमा को-को पुगे?



शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर शोमा को-को पुगे?

काठमाडौं : असोज २१ गतेदेखि देशैभरका फिल्म हलहरु खुलिसकेका छन्। सुरुमा हलिउड फिल्म लागेको हलहरुमा आइतवारबाट बल्ल नेपाली फिल्म चल्न थालेको छ। यसको शुरुवात शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बाट भयो।

फिल्मले काठमाडौंको वान सिनेमाजमा प्रिमियर शो गरेको थियो। उक्त प्रिमियर शोमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, दीपा श्री निरौलालगायतका कलाकारहरु आइपुगे। फिल्मकै कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेलीलगायतका कलाकार पनि रिलिजमा आइपुगे। रिलिजमा भुवन केसी भने देखिएनन्।

उपस्थित कलाकारहरु नेपाली फिल्म रिलिज हुने भनेर निकै उत्साहित देखिन्थे। अभिनेत्री स्वस्तिमा खड्काले आफू २ वर्षपछि फिल्म हेर्न आएको र सबैसँग भेट्ने मौका पाउँदा खुसी लागेको बताइन्। साथै खड्काले धेरैपछि नेपाली फिल्म रिलिज भएको हुँदा आफ्नै फिल्मजस्तो लागेर ढुकढुक बढेकोसमेत सुनाइन्।

कलाकारहरुले धेरैपछि हलमा फिल्म हेर्न पाएको भन्दै फिल्मलाई सफलताको बधाई तथा शुभकामना दिएका थिए।

निर्देशक शोभित बस्नेतले देशैभरी खुलेका सबै हलहरुमा फिल्म रिलिज हुने बताएका थिए। उपत्यकाभित्र १० देखि १५ ओटा हल र उपत्यकाबाहिर १५ बढी हलहरुमा फिल्म प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell