PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिटिजन्स् बैंक लुट प्रकरण : भारतीय प्रयोग गरी २१ लाख लुटियो, सीमानाका बन्द गरी प्रहरीको रातभर 'सर्च अपरेसन'



सिटिजन्स् बैंक लुट प्रकरण : भारतीय प्रयोग गरी २१ लाख लुटियो, सीमानाका बन्द गरी प्रहरीको रातभर 'सर्च अपरेसन'

काठमाडौं : सोमवार दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा लुटपाट भयो। दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भए।

बैंकका सुरक्षागार्ड सितल कुमारलाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेको प्रहरीले जानकारी दियो। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएको मोरङ प्रहरीले जनाएको छ। 'बैंकमा रहेको २१ लाख रकम लुटेको जानकारी बैंकले दिएको छ,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने।

लुट प्रकरणलगत्तै प्रहरीले तीन जनालाई पक्राउ परेको थियो। उनीहरुलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय छन्। श्याम मुखिया, सुनिल यादव र विजय बताउने यादव थरका भारतीय नागरिक पक्राउ परेका हुन्। उनीहरुको साथबाट रकम भने भेटिएको थिएन।

त्यसपछि प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर सीमानाका बन्द गरी सम्भावित गाउँ तथा स्थानमा रातभर सर्च अपरेसन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जिसीले बताए। अपरेसनबाट रकमको पत्तो लागिनसकेको उनले बताए। बैंक लुट्नको लागि भारतीयलाई रकम दिएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घाइते गार्डको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

दुई वटा मोटरसाइकलमा ६ जनाको लुटेरा समूह बैंकमा छिरेको देखिएको छ। त्यसपछि बैंकमा ग्राहक र बैंकले राखेरको रकम लुटेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell