वीरगंज : पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे सरुवा भएका छन्। सात महिनामै उनको सरुवा भएको हो। घिमिरे भूमि सुधार मन्त्रालयमा सरूवा भएका छन्। उनको स्थानमा सुनसरीका प्रजिअ उमेश ढकाल सोमवार बेलुका आइपुगेका छन्।
घिमिरेलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले विदाई गरेको छ। सोमवार होटल लर्ड्स् दियालोमा कार्यक्रम आयोजना गर्दै संघले घिमिरेलाई उनको कार्यकालको प्रशंसा गर्दै मायाको चिनोसमेत प्रदान गर्यो। संघका अध्यक्ष हरि पन्तको अध्यक्षता र निरज पीठाकोठेको सहजीकराण्मा भएको कार्यक्रममा सहायक प्रजिअ भीमकान्त पौडेल, पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्य, संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापा, होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रिय सदस्य माधव बस्नेतलगायतको सहभागिता थियो।