PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अन्जन विष्टको पेनाल्टीमा नेपालले रच्यो इतिहास, पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश



अन्जन विष्टको पेनाल्टीमा नेपालले रच्यो इतिहास, पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश
Photo : ANFA

काठमाडौं : नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो।

बंगलादेशका लागि सुमा रेजाले खेलको ९ औं मिनेटमा गोल गरेका थिए। नेपाली टोलीका अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन्। उनको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको हो।

आज राति ९: ४५ बजे भारत र माल्दिभ्स फाइनल प्रवेशका लागि भिड्दैछ। उक्त खेलमा जित्ने टोलीसँग अब नेपालले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell