PahiloPost

Sep 13, 2024 | २८ भदौ २०८१

बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, पाँचथरमा २४ जनाको मृत्यु



बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, पाँचथरमा २४ जनाको मृत्यु
फोटो : रासस।

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हालसम्म ७७ जनाको ज्यान गएको छ।

असोज ३१ गते आइतवारबाट सुदूरपश्चिमलगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत १४ जिल्लामा ७७ जनाको मृत्यु भएको हो।

बुधवार ३ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै पाँचथरमा २४ जनाको मृत्यु भएको छ। त्यस्तै, इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, धनकुटामा ७ जना, हुम्लामा ६ जना, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २/२ जना तथा कालिकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा १/१ जनाको मृत्यु भएको हो।

यस्तै, बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन्। २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell