PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

बंगलादेशमा हिन्दुमाथि भइरहेको आक्रमणविरुद्ध वीरगंजमा हिन्दु युवाको प्रदर्शन



बंगलादेशमा हिन्दुमाथि भइरहेको आक्रमणविरुद्ध वीरगंजमा हिन्दु युवाको प्रदर्शन

वीरगंज : बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेका हिन्दुमाथि भइरहेको आक्रमणको विरोधमा विश्व हिन्दु परिषद् नेपाल पर्साले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन गरेको छ। बंगलादेशमा निरन्तर हिन्दुमाथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठमन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारबाही नगरेको भन्दै उनको विरोध गर्दै वीरगंजको घण्टाघर चोकमा पुतला दहन गरिएको हो।

हिन्दुमाथि भएको घटनाप्रति आक्रोशित परिषद् तथा हिन्दु समाजका युवाहरुले हसिनाविरुद्ध प्रदर्शन गर्दै बंगलादेशी हिन्दुलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारबाही गर्नुपर्ने मागसहित निकालेको विरोध जुलुसले नगर परिक्रममा गरेको थियो। माईस्थानबाट निकालिएको विरोध जुलुस, आर्दशनगर, अलखियामठ, घडिअर्वा हुदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुतला दहन गरेका हुन्।

हिन्दुमाथि भइरहेको आक्रमण र मठमन्दिरमा भइरहेको तोडफोड तथा आगजनी नियन्त्रणमा नलिएर त्यसको परिमाण नेपालमा चुकाउनु पर्ने आक्रोशित युवाहरुले चेतावनी समेत दिए। कोणसभामा हिन्दु युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दु तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए।

युवा नेता मनोज गुप्ताले बंगलादेशमा भइरहेको हिंसा रोक्न नेपालमा बंगलादेशी बस्तु बिक्रीमा रोक लगाउनु पर्ने माग गरे। बंगलादेशी मालसमान बिक्रीमा रोकसहित नेपालमा हसिनालाई प्रवेशमा रोक समेत लगाउने चेतावनी उनको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell