PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता



बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता
बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा परेर बेपत्ता भएका २३ जनाको पहिरोस्थलमा बुधबार खोजी गर्दै स्थानीय।

काठमाडौं : आइतवारबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हालसम्म ८८ जनाको ज्यान गएको छ। अझै ३० जना बेपत्ता छन्।

असोज ३१ गते आइतवारबाट सुदूरपश्चिमलगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत १४ जिल्लामा ८८ जनाको मृत्यु भएको हो।

बुधवार ३ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै पाँचथरमा २४ जनाको मृत्यु भएको छ। त्यस्तै, इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, धनकुटामा ७ जना, हुम्लामा ६ जना, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २/२ जना तथा कालिकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा १/१ जनाको मृत्यु भएको हो।

बाढी पहिरोमा परेर २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell