PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

र्‍याफ्टिङ गर्न सुकुटे पुगे प्रचण्ड

र्‍याफ्टिङ गर्न सुकुटे पुगे प्रचण्ड


काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। राजनीतिक कार्यक्रममा व्यस्त रहने प्रचण्ड आज मनोरञ्जनको लागि त्यहाँ पुगेको बताइएको छ।

प्रचण्ड आज दिउँसो ४ बजे सुकुटे पुगेका हुन्। पत्नी सीता दाहालसहित सुकुटे पुगेका उनले र्‍याफ्टिङ समेत गरेका छन्।

प्रचण्डको साथमा माओवादी केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा र वाइसीएल पूर्व अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ समेत थिए। तीनै जना सिन्धुपाल्चोकका माओवादी नेता हुन्।

फोटोहरु :भोटेकोशी बिच रिसोर्ट, सुकुटे



ट्रेन्डिङ पोस्ट

Ncell