PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

‘मिस युनिभर्स नेपाल’ मा छानिए शीर्ष १६



‘मिस युनिभर्स नेपाल’ मा छानिए शीर्ष १६

काठमाडौं: ‘मिस युनिभर्स नेपाल २०२१’ दोस्रो संस्करणको शीर्ष १६ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबिच शीर्ष १६ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको हो।

शिर्ष १६ मा निना कान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रितिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री,स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन परेका छन्।

कार्यक्रममा प्रतिस्पर्धीले एड्भोकेसी भिडियोमा सामाजिक मुद्दाबारे बोलेका थिए।

शीर्ष १६ जना प्रतिस्पर्धीबाट शीर्ष १० जना छानिनेछन्। छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीको सामाजिक मुद्दाको भिडियोबाट र अरु अंक भने आइएमई एपबाट आएको भोटको आधारमा गरिने आयोजकले जनाएको छ। साथै सोही एपबाट मिस युनिभर्स नेपाल २०२१ पिपुल्स् चोइसको लागिसमेत भोट गर्न सकिनेछ।

ग्राण्ड फिनाले कात्तिक १३ मा हुनेछ। टाइटल विजेताले १० लाख रुपैयाँ नगद र हीराजडित ताज पाउनेछ। नेपालको सौन्दर्य प्रतियोगिताको इतिहासमा यो सबैभन्दा उच्च राशीको पुरस्कार रहेको आयोजकको दाबी छ।

गतवर्षको 'मिस युनिभर्स नेपाल' को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्। प्रतियोगिताको फ्रेन्चाइज नेपालमा 'मिस नेपाल अर्थ २०१२' नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्माले नै गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell