PahiloPost

Jul 3, 2024 | २० असार २०८१

स्रोत नखुलेको १ लाख ८० हजार भारुसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ



स्रोत नखुलेको १ लाख ८० हजार भारुसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ

वीरगंज : रौतहटबाट एक भारतीय नागरिक अवैध रकमसहित पक्राउ परेका छन्। स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट-५ बस्ने २२ वर्षीय सुशील कुमार साह रहेका छन्। सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहास्थित बकैया खोलाको बाँधमा चेकिङको क्रममा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनले बोकेको झोलाबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell